विश्वमा कोरोना : ४२ लाख बढीको निधन, ४ अर्बले लगाए खोप

काठमाडौं । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० रहेको छ ।

विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।

  • देश, सङ्क्रमितको संख्या र कूल मृत्यु:
    संयुक्त राज्य अमेरिका : सङ्क्रमित- तीन करोड ४९ लाख ४६ हजार १९८, मृत्यु- छ लाख १३ हजार १५
    भारत : सङ्क्रमित- तीन करोड १६ लाख १३ हजार ९९३ चार, मृत्यु- लाख २३ हजार ८१०
    ब्राजिल : सङ्क्रमित- एक करोड ९८ लाख ८० हजार २७३, मृत्यु- पाँच लाख ५५ हजार ४६०
    फ्रान्स : सङ्क्रमित- ६१ लाख ६६ हजार ६९०, मृत्यु- एक लाख १२ हजार ११
    रुस : सङ्क्रमित- ६१ लाख ६१ हजार ९८५, मृत्यु- एक लाख ५५ हजार १८०
    बेलायत : सङ्क्रमित- ५८ लाख ५७ हजार ६३९, मृत्यु- एक लाख २९ हजार ८७७
    टर्की : सङ्क्रमित- ५७ लाख ०४ हजार ७१३, मृत्यु- ५१ हजार २५३
    अर्जेन्टिना : सङ्क्रमित- ४९ लाख १९ हजार ४०८, मृत्यु- एक लाख पाँच हजार ५८६
    कोलोम्बिया : सङ्क्रमित- ४७ लाख ७६ हजार २९१, मृत्यु- एक लाख २० हजार ४३२
    स्पेन : सङ्क्रमित- ४४ लाख ४७ हजार ४४, मृत्यु- ८१ हजार ४८६
    इटाली : सङ्क्रमित- ४३ लाख ४३ हजार ५१९, मृत्यु- एक लाख २८ हजार ४७
    इरान : सङ्क्रमित- ३८ लाख ५१ हजार १६२, मृत्यु- ९० हजार ३४४
    जर्मनी : सङ्क्रमित- ३७ लाख ७४ हजार ९१८, मृत्यु- ९१ हजार ६६३
    इन्डोनेसिया : सङ्क्रमित- ३३ लाख ७२ हजार ३७४, मृत्यु- ९२ हजार ३११
    पोल्याण्ड : सङ्क्रमित- २८ लाख ८२ हजार ७८६ , मृत्यु-७५ हजार २५९
    मेक्सिको : सङ्क्रमित- २८ लाख २९ हजार ४४३, मृत्यु- दुई लाख ४० हजार ४५६
    दक्षिण अफ्रिका : सङ्क्रमित- २४ लाख ३५ हजार ३६, मृत्यु- ७१ हजार ६७९
    युक्रेन : सङ्क्रमित- २३ लाख ३१ हजार ९५०, मृत्यु- ५५ हजार ५२१
    पेरु : सङ्क्रमित- २१ लाख आठ हजार ५९५, मृत्यु- एक लाख ९६ हजार २१४
    नेदरल्याण्ड : सङ्क्रमित- १८ लाख ९२ हजार २८१, मृत्यु- १८ हजार १०८
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *