ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दमकमा गएराति साढे १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको हो ।

दमक-९ स्थित शान्ति मार्ग नजिकै भएको दुर्घटनामा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका-३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार पूर्णकी श्रीमती ३६ वर्षीय भिमा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको ट्रक र चालकलाई राति नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *