टिभिएस ‘एनटर्क रेस एडिसन बेटर देन एफआई’ आइतबार सार्वजनिक गरिँदै

काठमाडौँं । टिभिएस मोटर कम्पनीले उत्पादन गरेको टिभिएस एनटर्क १२५ को रेस एडिसन आइतबार नेपाली बजारमा सार्वजनिक गरिने भएको छ ।

फेब्रुअरी २०१८ नेपालमा सार्वजनिक गरिएको टिभिएस एनटर्क १२५ स्कुटरमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमिटर, नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डर, इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिस जस्ता विशेषताले युक्त रहेको छ ।

एनटर्क १२५ स्कुटर नेपालमै पहिलो पटक ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा बजारमा आएको थियो । यसले बजारमा राम्रो प्रदर्शन गर्न पनि सफल भयो ।

एक वर्षपछि, सन् २०१९ मा यो नेपालको सबैभन्दा छिटो र बढी बिक्री भएको स्कुटरको रुपमा परिचित भयो ।
सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्रि हुने प्रीमियम स्कूटरको रुपमा स्थापित भएको छ ।

टिभिएसको कस्टमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा जगदम्बा मोटर्स प्रालिले टिभिएस एनटर्क रेस एडिसनलाई सार्जजनिक गर्ने तयारी गरेको छ ।

‘बेस्ट इन क्लासः पिक अफ, पावर, पर्फरमेन्स, बेटर देन एफआई’ नारासहित बजारमा ल्याउन लागिएको उक्त स्कुटरको सार्वजनिक जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजबाट १० साउन  आइतबारको साँझ ५ बजे गरिने भएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =