सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

बिहीबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =