स्प्राइटको नयाँ अभियान, युवालाई रिसेट र रिफ्रेस गर्न प्रोत्साहन

काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘क्लीयर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । युवालाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु यस अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यो अभियान अत्याधुनिक युवा पुस्ता (जेनरेशन जेड ग्रुप) का लागि लक्षित गरिएको हो, जसले सबै कुराहरु खुला र पारदर्शी रूपमा लिन्छन् ।

स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दै युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्ने जनाएको छ ।

कोका–कोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘हामी नेपाली युवाहरुलाई जोड्ने मुख्य विशेषताहरु इन्डीभिजुआलिटी र सेल्फ एक्सप्रेशन रहेको कुरा बुझ्दछौँ र एक आइकोनिक युवा ब्रान्ड र रिफ्रेसिङ टेस्ट प्रदान गर्ने स्प्राइटमा यी सबै गुणहरु समाहित रहेको छ ।’

यस अभियानको नयाँ टीभीसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल केसी छायांकित छन्, जसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्कदै गरेको देखिन्छ । यद्यपी उनको बुबाले भने उसलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्दछन् । उनले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै उनी रिफ्रेस हुन्छन् ।

आफ्नो बाबुले भन्नुभएको सबै कुराहरुलाई मध्यनजर गर्दै उनले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्दछन् र त्यसपछि उनले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिंगमा आफ्नो समय बिताउँछन् ।

‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बि क्लियर’ को एक हिस्सा हो जुन नेपालका युवाहरुमा स्थानीयकरण गरिएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘स्प्राइट व्यस्त दिनहरुको लागि अल्टिमेट रिफ्रेसिंग ड्रिंंक हो र हामी उपभोक्ताहरुलाई रिसेट गराउनको लागि र उनीहरुको माइन्डसेटलाई रिफ्रेस गराउनको लागि प्रस्ताव राख्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =