बैंकिङ प्रणाली ह्याकिङको सूचनामा सत्यता छैन, प्रणाली सुरक्षित छः प्रवक्ता ढकाल

काठमाडौं । नेपालको बैंकिङ प्रणाली ह्याकिङ गर्ने सूचनामा सत्य नभएको र कोही पनि नआत्तिन नेपाल राष्ट्र बैंकका प्रवाक्ता देवकुमार ढकालले आग्रह गरेका छन् । बुधबार राति र बिहीबार बिहान आएको इमेल तथा फोनमा नेपालका बैंकिङ प्रणाली ह्याक गर्ने सूचना दिइएको भए पनि आफूहरुले सबै प्रणाली जाँच गरि सकेको र सुरक्षालाई मजबुद बनाएकोले त्यस्तो कुनै जोखिम नरहेको मकालु खबरसँग उनले बतए ।

‘नेपाल राष्ट्र बैंक लगायत १५ ओटा बैंकको बैंकिङ प्रणाली ह्याक गर्दैैंछौं भनेर बुधबार बेलुकी कुनै एक बैंकको आईटी डिपार्टमा काम गर्ने कर्मचारीको भाइबर गु्रप च्याटमा म्यासेज आएको थियो, उक्त फोटो नै फरवार्ड हुँदै भाइरल भएको हो’ उनले भने, ‘नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । बिहीबार बिहान ७ बजे मेरो मोबाइलमा ‘प्लस १३१२७६१५९३३ नम्बरबाट कल आयो । कल रिसिभ गर्ने बित्तिकै उतैबाट ‘योर सिस्टम ह्याज बिन ह्याक’ भनेर कल काटियो । तुरुन्तै हाम्रो आइटी डिपार्ट, मेरो डेपुटी, गभर्नर साब र अन्य विभागहरुमा केही बैंकरहरुसँग कुरा गरेर सिस्टम सेक्युरिटीबारे जानकारी लियौं । सबै ठीक छ र सुरक्षित पनि छ ।’

प्रवक्ता ढकालका अनुसार बुधबार आएको भाइबर म्यासेजमा आएको फोटामा राष्ट्र बैंकका प्रवक्ता ढकालसहित सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल र नविल बैंकका सीईओको नाममा इमेल पठाइएको भनिएको थियो । तर, इमेल भने आएको थिएन । बिहीबार बिहान मात्रै प्रवक्ता ढकालको मोबाइलमा फोन आएको थियो ।

‘हाम्रो साइबर सुरक्षाको अवस्था मजुबुत छ,’ उनले भने, ‘फायर वाल लगायत सबै सिस्टम चुस्त दुरुस्त छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =