७ सयले घट्यो सुन, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबारको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार ९२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै आज भने चाँदीको मुल्य बढेको छ । बुधबारको तुलनामा तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =