सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मकालु खबर
२०७८ साउन ६ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९३ हजार २ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
मकालु खबर
२०७८ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित