प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १५ सय कर्मचारीलाई तालिम

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत १ हजार ५ सय ६ स्थानीय कर्मचारीलाई परियोजना तर्जुमा तथा व्यवस्थापन बारे १ दिने क्षमता अभिवृद्धि प्रशिक्षण आयोजना गरिने भएको छ ।

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ७ सय ५३ रोजगार सेवा केन्द्रका ती कर्मचारीलार्इ तालिम दिइने भएकाे हाे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) द्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइ मार्फत सञ्चालन हुने भएको छ ।

पीएमईपीको कार्यक्रम सफल पार्न, प्रत्येक ७ सय ५३ –स्थानीय स्तरमा १ रोजगार संयोजक र १ प्राविधिक सहयोगी कार्यरत छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले आइएलओको सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गर्न लागिरहेको छ ।

रोजगार संयोजकहरू र प्रत्येक प्राविधिक सहयोगीले ७५३ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेका छन् ।

उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाई र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरण लगायतका बिषयहरु समावेश गरिनेछ ।

यस प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आईएलओको सहयोगमा ग्लोकल प्रालिको एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गर्ने भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =