अघिल्लो सरकारले बढाएको सार्वजनिक यातायातको भाडा आजदेखि लागू

काठमाडौं । अघिल्लो सरकारले बढाएको भाडा आजदेखि लागू भएको छ । बुधबार सूचना जारी गरी यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाएको जानकारी दिएको हो ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २० प्रतिशत बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।

सूचनामा भनिएको छ‚ ‘विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको सर्वविदितै छ ।’ भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।

२०७५ असोज ७ गतेसमेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञानिक भाडादर लागू हुन सकेको थिएन ।No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =