उपप्रधानमन्त्री पौडेललाई ४ मन्त्रालयले गरे विदाई
२०७८ असार २९ गते

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ४ ओटा मन्त्रालयले छुट्टै छुट्टै कार्यक्रम राखेर विदाई गरेका छन् ।
अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा–छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।
पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग हुने सबैलाई धन्यवाद दिएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउने मन्त्रीलाई पनि साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरे ।
२०७८ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








