मनसुन प्रभावितका लागि झन्डै ३ करोड निकासा

काठमाडौं । सरकारले यस वर्षको बाढी पहिरोबाट आवासीय क्षति पुर्याएका परिवारलाई पचास हजार रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ निकासा गरेको जनाएको छ ।
बाढीबाट क्षति भएका सिन्धुपाल्चोक, मेलम्ची, हेलम्बु ,पाचँपोखरी र थाङपाललगायत अन्य सात जिल्लामा निजी आवास क्षति भएका परिवारलाई अस्थायी घर तत्काल बनाउन पचास हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो ।
मनसुनबाट क्षति भएका घर बनाउनका लागि सरकारले हुम्ला जिल्लाको लागि ११ लाभग्राहीका लागि ११ लाख ५० हजार, अर्घाखाची जिल्लाका ७० लाभग्राहीका लागि ३५ लाख ,लमजुङ जिल्लका ३ लाभग्राहीका लागि १ लाख पचास हजार रुपैयाँ ,सिन्धुपाल्चोक जिल्लाका २ सय ६८ लाभग्राहीका लागि १ करोड ४३ लाख रुपैयाँ, बजुरा जिल्लाको १ सय ५१ लाभग्राहीका लागि ७५ लाख ५० हजार रुपैयाँ ,दैलेख जिल्लका ४ लाभग्राहीका लागि २ लाख रुपैयाँ, दाङ जिल्लाको ८ लाखग्राहीका लागि ४ लाख रुपैयाँ र प्यूठान जिल्लाको २८ लाभग्राहीका लागि १४ लाख रुपैयाँ सरकारले निकासा गरेको हो ।








