सर्वाेत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

काठमाडौं । सर्वाेत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको सिमेन्टले जनाएको छ ।

सिमेन्टले प्राप्त गरेको ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये उत्कृष्ट ग्रेड रहेको सिमेन्टले जनाएको छ ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्ट देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरू जस्तै धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =