बैंक तथा वित्तीय संस्थाले ११ महिनामा कमाए ७० अर्ब २८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म)मा वैंक तथा वित्तीय संस्थाले ७० अर्ब २८ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष यही अवधिमा बैंकहरुले ५८ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यसअघि आर्थिक वर्षको १० महिना (वैशाखसम्म)मा बैंकहरुको यस्तो नाफा ६३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । यस आधारमा बैंकहरुले एक महिनामै ६ अर्ब ८८ करोड रुपैयाँ नफा कमाएका छन् । कोभिड माहामारीका कारण निषेधाज्ञा भए पनि बैंकहरुको नाफा भने बढेको छ ।

चालू वर्षको ११ महिनामा २७ वाणिज्य बैंकले ६२ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुले ५४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । जेठमा वाणिज्य बैंकहरुले ६ अर्ब २९ करोड खुद नाफा गरेका छन् ।

देशका कुल १२ ओटा विकास बैंकहरुले ६ अर्ब नाफा कमाएका छन् । गत वर्षको जेठसम्मको भन्दा २ अर्ब २० करोड बढी नाफा यो अवधिमा विकास बैंकहरुले कमाएका हुन् । वैशाखसम्ममा वाणिज्य बैंकहरुको नाफा ५ अर्ब ४१ करोड रहेको थियो ।

फाइनान्स कम्पनीहले चालू वर्षको ११ महिनामा १ अर्ब ९१ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष यही अवधिमा फाइनान्स कम्पनीले ७७ करोड नाफा कमाएका थिए । तर चालू वर्षको वैशाखको तुलनामा फाइनान्स कमम्पनीहरुको जेठको नाफा भने घटेको देखिएको छ । चालू वर्षको वैशाख महिनामा फाइनान्स कम्पनीहरुले १ अर्ब ९१ करोड ७० लाख रुपैयाँ नाफा कमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =