सुनचाँदीको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९० हजारमा कारोबार हुने भएको जनाएको छ । यस्तै तेवाजी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =