बोका बाँड्दै स्थानीय तह

विराटनगर । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका वोका वितरण गरेको छ । एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई वोका वितरण गरेकी हुन् ।

प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी,वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको उपस्थितीमा वोयर जातका वोका वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फामहरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको इटहरी उपमहानगरपालिका पशुपन्छी शाखा प्रमुख दुर्गा श्रेष्ठले बताए ।

अरु वोका वाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को सिंहदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई पनि वितरण गरिएको छ । यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । वितरित वोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म पर्ने उनले बताए ।

ईटहरी उपमहानगरपालिकाले मात्र हैन पछिल्लो समयमा धेरै स्थानीय तहले किसानको लागि भन्दै बाख्रा तथा बोका बितरण गर्दै आएका छन् । कतिपया स्थानीय तहले सुँगुरका पाठा पनि बितरण गर्दै आएका छन् । कही समय अघि मोरङको बेलवारी नगरपालिकाले बितरण गरेको बोयर जातको बाख्रा वितरणको क्रममा कैफियत भेटिएपछि टेण्डर नै रद्द गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =