स्नातक प्रथम वर्षको परीक्षातालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहअन्तर्गतको मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय एवम् विज्ञान तथा प्रविधिको परीक्षा  तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ । परीक्षा  बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

त्रिविले २०७८ साउन महिनामा सञ्चालन गर्ने २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ३ र ४ वर्षे स्तानक तह प्रथम वर्षको परीक्षा   कोरोनाका कारण २०७८ मा हुने भएको हो ।

नियमित, आशिंक, मौका एवम प्राइभेट परीक्षा  दिने परिक्षार्थीहरुका लागिसमेत परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिविले आफूले दिनुपर्ने विषय कोड र कोड यकिन गरेर मात्र दिन त्रिविले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =