बुढीगंगाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले आव ०७८-७९ का लागि प्रत्येक वडाबाट १५० का दरले १०५० विपन्न परिवारको नि:शुल्क स्वास्थ्य विमा गराईदिने नयाँ कार्यक्रम ल्याएको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारका ब्यक्तिको स्वास्थ्यमा पहूँच नहुने भएपछि यो कार्यक्रम अघिसारिएको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचीकृत वेरोजगार विपन्न परिवारलाई आफ्नो घर आफै वनाउ कार्यक्रमवाट गाउँपलिकाको साझेदारिमा न्यूनतम सामाग्री सहित ज्याला समेत उपलब्ध गराई आफ्नै घर निर्माण गराउने अभियानको थालनी गर्ने कार्यक्रम पनि अघि सारेको छ ।

बिपन्नको घर अत्यन्त कमजोर रहने, दिईएको रकमको सही सदुपयोग नहुने भएपनि गाउँपालिकाले यो काम थालिनी गर्न आगामी बर्षको कार्यक्रममा हालिएको प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले बताए । विदेशवाट फर्किएका यूवाले सोहि प्रकृतिको व्यवसाय दर्ता गराई काम सुरू गरेमा व्यावसायीक योजना हेरि किस्तावन्दिमा अनुदान दिने कार्यक्रम पनि पालिकाले अघि सारेको छ ।

त्यस्तै ५० माउ बाख्रा वा २५ माउ गाई पालन गर्ने फामलाई नमूना फाम वनाउन समान साझेदारिमा सामाग्री अनुदान दिइने नयाँ कार्यक्रम ल्याईएको छ । यसले ब्यवसायीक किसानलाई सहुलियत पुगने पालिकाको अनुमान छ। यस अधिनै सीप मुलक तालिम लिएका व्यक्तिहरूले समूह वनाई आफ्नो वडामा व्यवसाय दर्ता गराएमा उपयूक्त सामाग्री वा प्रविधि हस्तान्तरण गरिने गरि नीति तथा कार्यक्रम ल्याईएको पालिकाका अध्यक्ष बालचन्द माझीले बताए ।

बुढीगंगा गाएँपालिकाले आगामी आर्थिक बर्षको लागि ५६ करोड ३२ लाख १९ हजार ४८० रुपैयाँको आयको अनुमान प्रस्तुत गरेको छ । पालिकाले प्रस्तुत गरेको आन्तरिक आम्दानीमा ५ करोड, मालपोट रजिष्टेशन २ करोड, संघीयसरकार समानिकरण अनुदान १४ करोड ५९ लाख, ससर्त अनुदान चालु तर्फ १९ करोड ८७ लाख हुने अनुमान गरेको छ।

त्यस्तै समपुरक अनुदानमा ४३ लाख, सशर्त अनुदान पुँजिगत तर्फ ४ करोड १३ लाख, राजश्व बाँडफाँडमा ७ करोड ७६ लाख ८१ हजार प्रदेश सरकारको समानिकरण अनुदान ८५ लाख ९७ हजार रहेको गाउँपालिकाले जनाएको छ। त्यस्तै सशर्त अनुदानमा १९ लाख ४३ हजार, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँडबाट ४७ लाख ९८ हजार ४८० आय हुने अनुमान पालिकाको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =