एनआईसी एशिया बैंकको डेबिट कार्ड आवेदन अनलाइनबाटै

काठमाडौं । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिए अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आई सर्भिस डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने जनाएको छ ।

समय अनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोना भाइरसको असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाइनमार्फत यस प्रकारको सुविधा ल्याएको जनाएको छ ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमार्फत आई–सर्भिसभित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि आवेदन गर्न सकिने बैंकले जनाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *