खुला विश्वविद्यालयमा खुल्यो व्यवस्थापन र एलएलबीको आवेदन

काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा व्यवस्थापन तथा कानुन संकायअन्तर्गत कानुन विषयमा २ वर्षे स्नाकोत्तर तहका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७८/७९ का लागि भर्ना आह्वान गरेको हो ।

व्यवस्थापन संकायका लागि जुनसुकै विधामा ३ वर्षीय स्नातक द्वितीय श्रेणीमा उत्तीर्ण गरेकोले दिन पाउनेछन् ।

३ वर्षे वार्षिक स्नातक तह (एलएलबी)मा भर्ना आह्वान गरेको छ । यसका लागि जुनसुकै विद्यामा स्नातक गरेको तथा सो सरह हुनुपर्नेछ । साथै ३ वर्षै व्यवस्थापन संकायमा पनि भर्ना खुलेको छ । १२ कक्षा उत्तीर्ण वा सो सरहको हुनुपर्दछ ।

यही साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ भने २३ गते संकायअनुसार फरक फरक समयमा प्रवेश परीक्षा हुनेछ । आवेदन फारम विश्वविद्यालयको वेबसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =