सुनको मूल्य १२ सयले घट्यो
२०७८ असार ४ गते

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
२०७८ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








