अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्य दूत
२०७८ असार ३ गते

काठमाडौं । सरकारले अरुणकुमार चौधरीलाई हंगेरीका अवैतनिक महावाणिज्य दूतमा नियुक्त गरेको छ ।
उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्य दूतमा नियुक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले उनलाई सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
चौधरी व्यवसायिक घराना सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् ।
अवैतनिक महावाणिज्य दूतमा नियुक्त भएपछि उनले नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७८ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








