सुदूरपश्चिममा ओली पक्षका ७ जना सांसद निलम्बन

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गरेको छ । सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले ७ संसदलाई निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा कामीले जानकारी दिइन् ।

संसदीय दलले निलम्बन गरेका सांसद पुर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी, ग्याल्बु बोहरा रहेका छन् । संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक कामीकाअनुसार ओली पक्षका सांसद रतन थापा र पठानसिंह बोहरालाई १५ दिन, ग्याल्बु बोहरा र लिलाधर भट्टलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मी ७ दिनका लागि निलम्बन गरिएको हाे ।

निलम्बनमा परेका सांसदहरुले मुख्यमन्त्री त्रिलोचल भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्ने दलको निर्णय उलंघन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *