कानून व्यवसायीलाई तत्काल खोपको व्यवस्था गरियोस् : डिएलए

काठमाडौँ । प्रजातान्त्रिक कानून व्यवसायीहरुको साझा संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले देशभरका कानून व्यवसायीलाई कोरोनाको खोपको व्यवस्था गर्न माग गरेको छ ।

डिएलएले आइतबार स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई भेटेर ज्ञापन पत्र बुझाउदै बन्दाबन्दीका बीच निरन्तर काम गरिरहेका कानून व्यवसायीका लागि खोपको प्रबन्ध गर्न माग गरेको हो ।

डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले स्वास्थ्यमन्त्री तामाङलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउदै पहिलो डोज खोप लगाएका अधिवक्ताहरुका लागि दोश्रो डोजको व्यवस्था गरिदिन माग गरेकी हुन् ।

यसअघि २३ फागुनदेखि ३ चैतसम्म सञ्चालित खोप अभियानमा देशभरका ७५० जना अधिवक्ताहरुले खोप लगाएका थिए । डिएलएले पहिलो खोप लगाएको आठदेखि १२ हप्ताको अवधिमै अर्को डोज खोप लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डलाई ध्यानमा राख्दै खोपको प्रबन्ध गर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =