विराटनगरको बालसुधार गृहमा कोरोनाको संक्रमण फैलियो, २५ जनामा पुष्टि

विराटनगर । विराटनगरमा रहेको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । बाल बिज्याईँगरी सुधारगृहमा पुगेका बालबालिकामा पनि कोरोनाको संक्रमण देखिएको हो । अदालतबाट बाल बिज्याईँ गरेको भन्दै सुधारगृहमा राखिएका बालबालिकामा कोरोनाको संक्रमण देखिएको हो ।

बाल सुधार गृहका २५ जना बालकमा कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ । ५० जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको महानगरपालिकाकी कोभिड कन्ट्याक्ट टेसिङ संयोजक रश्मी निरौलाले जानकारी दिइन् । गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको निरौलाले बताइन् । २२ जनाको रिपोर्ट पोजेटिभ आएपछि सोमबार बाँकी रहेका बालबालिकाकाको पनि कन्ट्याक ट्रेसिङ गरि सबैको परिक्षण गर्ने तयारी गरेको महानगरका कोभिड संयोजक हैदर अलीले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थान महानगरपालिकाले बनाएको आइएसोलेसनमा राखिएको बाल सुधार गृहका प्रमुख मिलन चौहानले बताए । परीक्षणको रिपोर्ट ढिला आउँदा अन्य बालकको परीक्षणमा ढिला भएको चौहानको भनाइ छ। संक्रमण पुष्टि भएका बालकहरुमा कुनै लक्षण भने देखिएको छैन । सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा संक्रमण तीव्र रूपमा फैलिएको हो ।

सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् । ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् । उनीहरु सबैको कोरोना परीक्षणको तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =