अभिनेत्री यामीको विवाह
मकालु खबर
२०७८ जेठ २२ गते
एजेन्सी । भारतीय अभिनेत्री यामी गौतमले निर्देशक आदित्य धरसँग विवाह गरेकी छन् । यामीले सामाजिक सञ्जालमा विवाहको फोटो राख्दै सानो समारोह बिच आफूले आदित्यसँग ‘सात फेरा’ लिएको जानकारी गराएकी छन् ।
आदित्य र यामीको प्रेमको खबर ‘उरी’को छायांकन ताका नै चलेको थियो तर दुवैले यो खबरलाई पुष्टि हुने गरी कुनै गतिविधि गरेका थिएनन् ।
आदित्यले निर्देशन गरेको ‘उरी’मा यामीले छोटो भूमिका निर्वाह गरेकी थिइन् ।
‘विक्की डोनर’बाट बलिउड चलचित्रमा डेब्यु गरेकी यामीले ‘सनम रे’ ‘काबिल’ ‘एक्सन ज्याक्सन’ ‘बाला’ लगायत चलचित्रमा काम गरेकी छन् ।
मकालु खबर
२०७८ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित