अभिनेत्री यामीको विवाह

एजेन्सी । भारतीय अभिनेत्री यामी गौतमले निर्देशक आदित्य धरसँग विवाह गरेकी छन् । यामीले सामाजिक सञ्जालमा विवाहको फोटो राख्दै सानो समारोह बिच आफूले आदित्यसँग ‘सात फेरा’ लिएको जानकारी गराएकी छन् ।

आदित्य  र यामीको प्रेमको खबर ‘उरी’को छायांकन ताका नै चलेको थियो तर दुवैले यो खबरलाई पुष्टि हुने गरी कुनै गतिविधि गरेका थिएनन् ।

आदित्यले निर्देशन गरेको ‘उरी’मा यामीले छोटो भूमिका निर्वाह गरेकी थिइन् ।

‘विक्की डोनर’बाट बलिउड चलचित्रमा डेब्यु गरेकी यामीले ‘सनम रे’ ‘काबिल’ ‘एक्सन ज्याक्सन’ ‘बाला’ लगायत चलचित्रमा काम गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *