थप ५९०४ जना कोरोनामुक्त, ६०२५ मा कोरोना, ७५ को मृत्यु
२०७८ जेठ २० गते

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कुल ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै बिहीबार नेपालमा ६ हजार २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ५ लाख ७६ हजार हजार ९३६ जनालाई संक्रमण पुष्टि भएको छ भने कुल ७ हजार ६३० जनाको मृत्यु भइसकेको छ ।
अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।
२०७८ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित









