होण्डाको सिबी ३५० डीएलएक्स बाइक नेपाली बजारमा आउँदै

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको सिबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा ल्याउने भएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने बाइकका पारखीहरुका लागि उक्त मोडलको बाइक निर्माण गरिएको कम्पनीले जनाएको छ । उक्त बाइकमा ३५० सिसीको इन्जिन छ । आधुनिक विशेषता रहेको यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्पटी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प बाइजमा रहेको छ ।

एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केही विशेषता रहेको कम्पनीले जनाएको छ । बाइकबारे जानकारी लिन चाहनेका लागि कम्पनीले होण्डाको टोलफ्रि नम्बर १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =