विरानगरमा कोभिडबाट ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

विराटनगर । कोभिड १९ संक्रमणबाट विराटनगरमा मात्र मृत्यु हुनेको संख्या १ सय नाघेको छ । सोमबार साँझ विराटनगर महानगरपालिकाले जारी गरेको विवरण अनुसार विराटनगरमा मात्र मृत्यु हुनेको संख्या १ सय ३ पुगेको हो ।

सोमबार साँझ दुईजना विराटनगरका नागरिकको मृत्यु भएको महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले जानकारी दिए । अलीका अनुसार विराटनगरमा दैनिक सरदर ३ देखि ९ जनासम्मको मृत्यु भएको छ । कोभिडको दोश्रो लहरसँगै विराटनगर महानगरपालिकामा हालसम्म ७ हजार ९ सय ५० जना संक्रमित भएका छन् । प्रदेश १ कै सबैभन्दा धेरै संक्रमित हुने स्थानीय तहमा बिराटनगर रहेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४७ जना रहेकोमा २ हजार ५ सय ६ जना निको भएको अलीले जनाका छन् । विरानटनगर महानगरपालिकाले संक्रमितको उपचारको लागि विशेष व्यवस्था गरेको जनाएको छ । घरमा बस्न अप्ठेरो भएकाहरुको लागि दुईवटा आईसोलेशन केन्द्र संचालनमा रहेको छ । बिराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको बैजनाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २६ बेड क्षमताको आईसोलेशन संचालनमा छ भने बिरानगर महानगरपालिका वडा नम्बर १ को आरआरएन भवनमा ५१ बेड क्षमताको आईसोलेशन निर्माण गरि आईसोलेशनबाट पनि सेवा दिईरहेको संयोजक अलीले बताए ।

संक्रमितको संख्या बढ्दै जाँदा उपचारको नपाएर संक्रमितको ज्यान जानसक्ने संभावनालाई मध्ययनजर राख्दै कोशी अस्पतालमा ७२ बेडको छु्ट्टै कोभिड उपचारकेन्द्र संचालनमा ल्याईएकोमा त्यसले संक्रमितलाई उपचारमा केही सहज बनाएको छ । पहिलादेखि नै १० बेडको आईसोलेशन संचालनमा रहेको कोशी कोभिडमा अहिले ६२ बेडको कोभिड अस्पताल संचालनमा आएको छ ।

कोशीमा पछिल्ला दिनमा प्राईभेट अस्पतालमा उपचार गराईरहेकाहरुले बेडको खोजी गने गरेका छन् । दैनिक २ देखि ४ जनासम्म कोभिडको सरकारी उपचार केन्द्रमा आउने गरेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए । निजी अस्पतालमा उपचार महँगो पर्ने गरेको कारण उपचारको लागि सरकारीमा सर्ने क्रम बढी देखिएको छ ।

‘पहिला शुरुमा बेड पाउनु नै ठूलो कुरा थियो, बेड पाएपछि सरकरी अस्पताल खोज्ने क्रम बढेको छ,’ मेसू दासले भने, ‘अहिले खर्चको हिसावले कम हुन्छ भन्ने हिसावले सरकारीमा खोजी गर्ने गरिएको छ ।’ पहिलेको तुलनामा संक्रमणको अबस्था केही कम भएको होकी जस्तो मात्र लाग्ने तर नघटेको मेसु दाले बताए ।

विराटनगरका ठूला अस्पतालले कोभिडको उपचार गर्दै आएको भएपनि पछिल्ला केहिदिन देखि अक्सिजन अभाव भएको भन्दै बढी बिरामी लिन छाडेका छन् । विरानगरमा कोशी कोभिड अस्पतालसहित नोबेल र विराट मेडिकल कलेजले कोभिड अस्पताल संचालन गरेर बिरामीको उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =