नेपाल र इराककाे मैत्रीपूर्ण फुटबल शुरु हुँदै, काे काे परे नेपालकाे शुरुवाती-११ मा

काठमाडाैं । नेपालले मैत्रीपूर्ण  फुटबलमा आज घरेलु टिम इराकसँग खेल्दैछ  । इराककाे बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार १०:१५ बजे सुरु हुनेछ ।

कोरोना भाईरसको महामारीका कारण खेल बन्द रंगशालामा हुन लागेकाे हाे ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले बलियाे टिम इराकविरुद्ध खेल्न लागेको हो । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ स्थान माथि छ ।
इराकसँगकाे खेलका लागि नेपाली टीम घाेषणा भएकाे छ ।

मिडफिल्डर मनिस डाँगी र डिफेन्डर गौतम श्रेष्ठले नेपाली राष्ट्रिय टिममा डेब्यु गर्दैछन् । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्दैछन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले युवा खेलाडीलाई धेरै समेटेर टिम बनाएका छन् ।

नेपालको शुरुवाती-११ 

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर -रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर -मनिस डाँगी, पुजन उपरकोटी,सन्तोष तामाङ

फरवार्ड -अन्जन विष्ट, नवयुग श्रेष्ठ,सुमन लामा

नेपाल र इराकबीच यो चौंथोपटक खेल्न लागेका हुन् । यसअघिका तीनवटै खेलमा इराकले जितेकाे छ । याे खेलपछि नेपाली टोलि  उतैबाट कुवेत जानेछ। कुवेतमा हुने छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =