पूर्वप्रमुख निर्वाचन आयुक्तको एक स्वर- मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ

काठमाडौँ । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले मतदातालाई प्रभाव पार्ने गरि बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज संयुक्त आग्रह जारी गर्दै कामचलाउ सरकारले मतदातालाई प्रभावित गर्नेगरी नीति तथा कार्यक्रम र बजेट बजेट ल्याउन नहुने बताएका हुन् ।

‘वर्तमान कामचालउन सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमको नयाँ नीति, कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,” संयुक्त आग्रहमा भनिएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा।अयोधिप्रसाद यादव र कार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अपील जारी गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै २०७८ कात्तिक र मंसिरमा मध्यावधि चुनावको मिति घोषणा गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =