अति राेमाञ्चक खेलमा भिल्ला रियल च्याम्पियन

एजेन्सी । स्पेनको क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको अति नै रोमाञ्चक खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई सडन डेथमा ११–१० ले हराउँदै भिल्ला च्याम्पियन बनेको हो । भिल्ला रियल पहिलोपटक युरोपा लिगको उपाधि जितेको हो ।

पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो ।

२९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएको खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै म्यान्चेस्टरलाई बराबरीमा पुर्याएका थिए ।  पेनाल्टी सुटआउट अति नै रोमान्चक बनेको थियो ।
खेलको निर्णयका लागि २२ जनाले पेनाल्टी प्रहार गरेकोमा युनाईटेडका गोलकिपर डेभिड डी जियाबाहेक सबैले गेाल गरे । उनको प्रहार भने भिल्लाका गोलकिपर रुलीले बचाए । यससँगै भिल्ला रियल पहिलाेपटक युराेपा लिगकाे च्याम्पियन बन्न सक्याे ।

 

युनाईटेडले २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =