थप ६७१६ कोरोनामुक्त‚ ६७१४ मा संक्रमण‚ १४५ को मृत्यु

काठमाडौं । बुधबार नेपालमा थप ६ हजार ७१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या चार लाख ११ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गएको २४ घन्टायता थप १४५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =