गोकर्णेश्वर नगरपालिकामा आइसोलेसन सेवा सुरु

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवासहित २५ बेडको आइसोलेसन सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ मा अवस्थित राष्ट्रिय शहीद एवं शान्तिपार्कमा रहेको भवनमा बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेसन केन्द्रको उद्घाटन गरेका हुन् ।

लायन्स क्लब अन्तरराष्ट्रियको नेपाल स्थित डिस्ट्रिक ३२५ ए १ को सहयोगमा उक्त आइसोलेसन केन्द्र खोलिएको हो । निम्न आय भएका कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेसन प्रभावकारी हुने मेयर चालिसेले बताए ।

आइसोलेसनामा गोकर्ण प्राथमिक अस्पतालका डाक्टर तथा नर्सहरूले उपचार गर्नेछन् । आइसोलेसन केन्द्रका ‘फोकल पर्सन’ तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठका अनुसार त्यहाँ १ डाक्टर, ३ नर्स र ३ जना अहेवको टिम चौबिसै घण्टा रहनेछन् । आइसोलेसन केन्द्रमा एम्बुलेसन पनि चौबिसै घण्टा रहनेछ ।

आइसोलेसनको सुरक्षाको जिम्मा नेपाल प्रहरी र नगर प्रहरीले लिएका छन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपालसहित जनप्रतिनिधि र लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ का गभर्नर टंक श्रेष्ठ , पूर्वगभर्नर अनन्त भेटुवालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =