थप ६४०४ जना कोरोनामुक्त‚ ८६३६ मा संक्रमण‚ १६९ को मृत्यु
२०७८ जेठ ११ गते

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा ६ हजार ४०४ हजार जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित









