हारेपनि चेल्सिले च्याम्पियन्स लिग खेल्ने, लिभरपुल तेश्राे

एजेन्सि । इंग्लिस प्रिमियर लिगको आफ्नो अन्तिम खेलमा पराजित भएपनि अरु खेलमा आफूलाई चाहिएजस्तो नतिजा आएपछि चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ ।

एस्टन भिल्लासँग २–१ ले पराजित भएपनि अर्को खेलमा लेस्टर सिटी पराजित भएपछि चेल्सी चौथो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको हो । यसैगरि, लिभरपुल अन्तिम खेलमा जित निकाल्दै तेस्रो हुन सफल भयाे । लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हरायाे

लेस्टर टोटेनहमसँग घरेलु मैदानमा ४–२ ले पराजित भयो । दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लेस्टरले च्याम्पियन्स लिग खेल्ने अवसर गुमायो । खेलमा दुबै पटक जेमी भार्डीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए तर आक्रामक देखिएको टोटनह्यामलाई हराउन सकेन ।

अंक तालिकामा च्याम्पियन म्यानचेस्टर सिटीको ८६ र उपविजेता युनाइटेडको ७४ अंक भयो । लिभरपुल ६९ अंकसहित तेस्रो र चेल्सी ६७ अंकसहित चौथो रहयो । पाँचौ स्थानको लेस्टरको ६६, छैटौं स्थानको वेस्ट ह्याम ६५, सातौं स्थानको टोटेनहम ६२ र आठौं स्थानको आर्सनलको ६१ अंक भयो ।

लिगको अर्को खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले एभर्टनमाथि ५–० को सहज जित दर्ता गर्यो भने म्यानचेस्टर युनाइटेडले वल्भ्समाथि २–१ को जीत हात पार्यो ।

आर्सनलले ब्राइटनलाई २–० ले, वेस्ट ह्यामले साउथह्याम्पटनलाई ३–०ले, लिड्सले वेस्ट ब्रोमलाई ३–१ ले, सेफिल्डले बर्नलीलाई १–० ले र न्युकासलले फुलह्यामलाई २–० को जित दर्ता गर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =