युभेन्टस च्याम्पियन्स लिगमा छनौट

एजेन्सी । अन्तिम खेलमा बोलोग्नालाई चार एकले हराउँदै साविक विजेता युभेन्टस च्याम्पियन्स लिगका लागि छनौट भएको छ । अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने क्रममा महत्वपूर्ण खेलमा युभेन्टसलाई जिताउन अल्भारो मोराटाले दूई तथा फेडेरिको किएजा र राबीओटले एक एक गोल गरे ।
इन्टर मिलानले यसअघि नै उपाधि पक्का गरिसकेकाले बाँकी शिर्ष तीनमा रहन युभेन्टसलाई खेल जित्दैपर्ने दबाब थियो । उसले उत्कृष्ट जित निकाल्दा अर्को प्रतिस्पर्धी नेपोलीले बराबरी खेल्यो । एसी मिलान दोस्रो स्थानमा रहन सफल भयो । लिगको अन्तिम खेलमा रोनाल्डोलाई बेन्चमा राखेको थियो ।
अर्को खेलमा एसी मिलानले एटलान्टालाई दुई शुन्यले हरायो । उसका फ्रांक कायसले दुई गोल गरे ।
अंक तालिकामा च्याम्पियन इन्टरले ९१ अंक जोड्यो भने दोस्रो स्थानको एसी मिलानले ७९ अंक बनायो । समान ७८ अंक नै रहेपनि हेड टु हेडमा युभेन्टसलाई पछि पार्दै एटलान्टा तेस्रो स्थानमा रहयो ।








