सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोनामुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त भएका छन् ।

कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा.शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =