सिटामोलसहित यी २२ प्रकारका औषधिको अभाव

काठमाडौँ । कोभिड-१९ महामारीले जनजीवन अस्तव्यस्त बनिरहेका बेला जीवनरक्षक औषधिको अभाव देखिएको छ । नेपाल औषधि व्यवसायी संघका अनुसार अहिले बजारमा २२ प्रकारका औषधिको अभाव देखिएको हो ।

औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरलाई पत्र पठाउँदै औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

‘हाल आएर औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरु कमी हुन गइरहेको जानकारी प्राप्त भएकोले यथासिघ्र औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरि दिनु हुनको लागि अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =