कोरोना अपडेट
थप ६८९१ जना कोरोनामुक्त‚ ८२०३ मा कोरोना‚ १९६ को मृत्यु
२०७८ जेठ ४ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।
त्यस्तै मंगलबार देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनामा गरिएको परीक्षणमा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै थप १९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ हजार ४११ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ । हाल देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित









