नेयमार र एमबाप्पेको गोलमा पीएसजीको सानदार जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पीएसजी विजयी भएको छ । गएराती सम्पन्न खेलमा पीएसजीले रेइम्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा नेइमार, किलियन एम्बाप्पे, मार्क्यूनहोज र मोइज कीनले एक एक गोल गरेका थिए । यो जितपछि पिएसजी उपाधि दौडमा कायम रहेको छ ।

गएराती नै सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको लिले बराबरीमा रोकिएपछि अब उपाधिको निर्णय अन्तिम खेलबाट हुने भएको छ । अब पीएसजीले उपाधि जित्न आफूले अन्तिम खेल जितेर लिले पराजित या बराबरीमा रोकिनु पर्ने भएको छ ।

लिगमा पीएसजीको ३७ खेलमा ७९ अंक छ भने शीर्ष स्थानमा रहेको लिलेको ३७ खेलपछि ८० अंक रहेको छ । पीएसजीले अब लिगको अन्तिम खेल मे २४ मा ब्रेस्टसँग खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =