एफ ए कप फाइनल: चेल्सि र लेस्टर खेल्दै

काठमाडौं । एफ ए कप फुटबलको उपाधिका लागि शनिबार राती चेल्सि र लेस्टर सिटी खेल्दैछन । खेल नेपाली समय अनुसार राती १० बजेबाट वेम्ब्ले रंगशालामा सुरु हुनेछ ।

एफ ए कपको फाइनललाई चेल्सिले च्याम्पियन्स लिगको फाइनलको तयारीका रुपमा पनि लिएको छ । आज चेल्सिका माटियो कोभासिस पाँच साता पछि मैदान फर्कने लगभग निश्चित छ । यस्तै कान्टेले पनि आज खेल्ने सम्भावना छ ।

लेस्टरका डिफेन्डर जोनी एभान्सको फिटनेसको चर्चा चलिरहेपनि लेस्टरलाई अरु खेलाडीको खासै चिन्ता छैन ।

आजको सिमित दर्शकलाई मात्र मैदानमा प्रवेश गराइने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समग्रमा चेल्सिको यो १५ औं एफए कप फाइनल हो ।

चेल्सि पछिल्ला पाँच सिजनमा चौथो पटक एफ ए कपको फाइनलमा पुगेको हो । सन् २०१८ मा म्यानचेस्टर युनाइटेडलाई हराउँदै उपाधि जितेको चेल्सि सन् २०१७ र २०२० मा आर्सनलसँग पराजित भएको थियो ।

चेल्सि समग्रमा आठपटक एफ ए कपको च्याम्पियन बनिसकेको छ ।

यता लेस्टर पहिलोपटक एफ ए कपको च्याम्पियन बन्ने लक्ष्यमा छ । प्रिमियर लिगका शिर्ष क्लवमध्ये एफए कप नजित्ने एक्लो क्लव लेस्टर मात्र हो ।

आजको खेल लेस्टरलाई चेल्सीविरुद्ध जीतको इतिहास बनाउने अवसर पनि हो ।  एफए कपमा चेल्सिसँग खेलेका सातै खेलमा लेस्टरले ज‍ीत हात पार्न सकेकाे छैन ।

आज विजयी भए लेस्टरले एकैपटक पहिलो पटक एफ ए कपको उपाधि उचाल्ने र प्रतियोगितामा चेल्सीलाई हराउने दोहोरो खुशी हात पार्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =