एनएसएल : उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल)मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडौं रेजर्सले इलिमिनेटर खेलमा ललितपुर सिटी एफसीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो ।

यही टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । ट्रफी सार्वजनिक तथा प्रि-म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरेका छन् ।

काठमाडौंलाई मैदान उत्रँदा धनगढीसँग लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ । उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढी पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखिएको छ ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =