विज्ञापन बोर्डलाई दिइएको भूमिकाप्रति आनको आपत्ति
२०७८ वैशाख ३० गते

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञान बोर्डमार्फत सरकारले प्रकाशनको अधिकारलाई नियन्त्रण र कुण्ठित गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
लोक कल्याणकारी तथा अन्य विज्ञापन तथा सूचना विज्ञान बोर्डमार्फत गर्नुपर्ने सरकारले गरेको व्यवस्था संविधानविपरीत र अव्यवहारिक भएको भन्दै आनले आपत्ति जनाएको हो ।
यस्तो व्यवस्था खारेज गरेर विज्ञापन जस्तो प्राविधिक विषयलाई विज्ञापन एजेन्सीहरुमार्फत नै प्रकाशन र प्रशारण गर्ने व्यवस्था नगरे आफूहरु कानुनी लडाइँमा जान समेत बाध्य हुने आनले सरकारलाई चेतावनी दिएको छ ।

२०७८ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








