अक्सिजन नपाएपछि बिरामीलाई डिस्चार्ज गर्दै केएमसी अस्पताल
२०७८ वैशाख २९ गते

काठमाडौं । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजनको अभाव भएकाले बिरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था आएको बताएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्र लेख्दै अस्पतालले, सरकारले कोटाबाट उपलब्ध गराउनुपर्ने २५० सिलिण्डर अक्सिजनमध्ये अहिलेसम्म एउटा पनि प्राप्त नभएकाले अक्सिजन अभाव भएको र बिरामीको उपचारमा समस्या हुने भएकाले बुधबार बेलुकाबाट बिरामीलाई डिस्चार्ज गरेर पठाउनुपर्ने अवस्था रहेको जनाएको हो ।
अस्पतालले खरिद गरेको अक्सिजन उत्पादन गर्ने मेसिनले काम नगरेका कारण पनि अक्सिजन उत्पादन गर्न नसकेको अस्पतालका तर्फबाट वरिष्ठ प्रशासक प्रेमप्रकाश थापाले पठाएको पत्रमा उल्लेख छ ।

२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित









