निषेधाज्ञामा थप कडाइ
२०७८ वैशाख २९ गते

काठमाडौं । कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । साथै निषेधाज्ञामा थप कडाइ पनि गरिएको छ ।
नेपालमा नयाँ भेरियन्टको कोभिड-१९ संक्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो क्रममा रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महशुस गरी निषेधाज्ञा जारी गरेको हो ।
उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लगाइएको छ । निषेधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधनमात्र सञ्चालन भइरहेका छन् ।
त्यसबाहेकका सवारी साधान सञ्चालन गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । नेपालमा निषेधाज्ञा लागू हुने जिल्लाको संख्या ७२ पुगेको छ । ६३ जिल्लाहरुमा पूरै जिल्लाभर र बाँकी ९ वटा जिल्लामा आंशिक निषेधाज्ञा गरिएको हो ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








