विराटनगरमा १२ घण्टामा पाँच संक्रमितको मृत्यु
२०७८ वैशाख २७ गते

फाइल तस्बिर
विराटनगर । पछिल्लो १२ घण्टामा कोभिड संक्रमणका कारण विराट मेडिकल कलेजमा ३ जना संक्रमितका मृत्यु भएको छ । गम्भीर अवस्थाका संक्रमितको मृत्यु भएको हो ।
विराट मेडिकल कलेज कोभिड संयोजक सुनिल देवका अनुसार मृत्यु हुनेमा विराटनगरका २ जना र एकजना दुहबी नगरपालिकाका हुन् । विराटनगर महानगरपालिका ७ का ६८ वर्षीया महिला, विराटनगर ५ का एक पुरुष र दुहबी नगरपालिकाकाका एक ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुमा श्वास प्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
यस्तै नोबेल मेकिल कलेजमा पनि दुई संक्रमितको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका १ का ३५ वर्षीय पुरुष र अर्का एक जनाको पनि मृत्यु भएको अस्पतालका निर्देशक नारायण दाहलले बताए । अर्का संक्रमितको पहिचान गर्ने काम भईरहेको उनले जानकारी दिए ।
२०७८ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित









