एनटीएले भन्यो– पैसा नतिरे पनि इन्टरनेट नकाट्नू !

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिरण (एनटीए)ले सेवाग्राहीले तत्काल शुल्क नबुझाएको भए पनि इन्टरनेट सेवा अवरुद्ध नगर्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरुलाई निर्देशन दिएको छ ।

देशमा हाल कोरोना महामारीको अवस्था रहेकोले पैसा तिर्न ढिलो भए पनि लाइन भने नकाट्न आग्रह गरेको हो । निषेधाज्ञा, बन्दाबन्दी जस्ता अवस्थामा इन्टेरनेट सेवा झनै अत्यावश्यक सेवा भए बन्दै गएको भन्दै एनटीएले सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

एनटीएले सेवाग्राहीलाई पनि संभभ भएसम्मका उपाय अपनाएर अनलाइन वा डिजिटल भुक्तानीका माध्यमबाट शुल्क बुझाउन आग्रह गरेको छ । त्यस्तै, सेवाकेन्द्रहरु मार्फत सर्वधारणको भीड नहुने गरी शुल्क तिर्न मिल्ने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

कोभिड–१९ महामारीको दोस्रो लहर बढ्दै गएपछि सरकाले देशभरका झण्डै दुई तिहाई जिल्लामा निषेधाज्ञा गरिसकेको छ । यस्तो बेलामा शुल्क तिर्ने समय बढाउन समेत आम सर्वसधारणले माग गरिरहेका छन् ।

प्रतिक्रिया