दक्षिण एसियाली देशले कोभिड खोपमा जीडीपीको ०.५ प्रतिशत खर्च गर्ने अनुमान

काठमाडौं । विश्व बैंकको एक रिपोर्टले दक्षिण एसियाका ९ देशमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि मात्र कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को ०.५ प्रतिशत खर्च हुने अनुमान गरेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस २०२१’ ले यस्तो देखाएको हो ।
त्यस्तै अन्य महादेशको तुलनामा दक्षिण एसियाली देशको खोप कार्यक्रम ०.५५ प्रतिशतले महँगो हुने प्रक्षेपण पनि गरेको छ ।
प्रतिवेदनले सन् २०२१ मा यस क्षेत्रको आथिृक वृद्धिदर ७.२ प्रतिशत रहेको र २०२२ मा वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको छ । गत वर्ष र यस वर्ष कोभिडको असर अर्थतन्त्रमा २० प्रतिशत देखिएको छ । तर अघिल्लो वर्ष २०२२ मा प्रभाव १० प्रतिशत विन्दुले घटेर १० प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ ।
महामारीले यस क्षत्रेको प्रतिव्यक्ति आम्दानी प्रतिदिन ३.२० अमेरिकी डलरले घट्ने अनुमान गरिएको छ । गत वर्ष ३७ देखि ४७ देखि ४२ प्रतिशतसम्म यस क्षेत्रमा गरिबी बढेकोमा २०२२ मा यो घटेर ३७ देखि ४२ प्रतिशतसम्म हुने अनुमान प्रतिवेदनले गरेको छ ।








